प्रथम समावेशी महिला सगरमाथा आरोहण दलमा सहभागी भई नयाा कीर्तिमान राखेको केही महिना नबित्दै माया गुरुङले थप अर्को नयाा कीर्तिमान बनाउनुभएको छ । सन् २००८ मे २२ का दिन ८८४८ मिटर उचाइको विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नुभएकी गुरुङले सगरमाथाको २२ हजार ५ सय फिटबाट स्काइ डाइभिङ गरेर नेपालमा अर्को नयाा रेकर्ड बनाउनुभएको हो । यससागै अब सगरमाथामा स्काइ डाइभिङ गर्ने विषय नेपालीहरूका लागि पनि नौलो पनि रहेन । विकसित देशका नागरिकले मनोरञ्जन र सौखका रूपमा गर्दै आएका स्काइ डाइभिङ क्रमशः विश्वभरि नै साहसिक खेलको रूपमा प्रचलित हुादै आएको छ ।
एकपटक स्काइ डाइभिङ गर्न समान्यतया २५ हजार अमेरिकन डलरभन्दा बढी खर्च लाग्ने गर्दछ । भर्खरै नेपालमा सम्पन्न स्काइ डाइभिङ गर्नका लागि दुई हजार ५३५ पाउण्ड सुरक्षाको दृष्टिले र टेण्डम स्काइ डाइभिङ गर्न तीन हजार ३७४ पाउण्ड राखिएको थियो । साधारण नेपालीलाई स्काइ डाइभिङ् गर्न असम्भव नै छ । स्काइ डाइभिङका लागि आवश्यक सामान विदेशबाट नै मगाउनुपर्ने हुन्छ । अर्बौं रुपियाा खर्च गरेर नेपालमा पहिलोपटक एक्सपोलर हिमालयन ट्राभल्स र एडभान्चरले केही विदेशीहरूका सहयोगमा १४ अक्टोबर २००८ मा सम्पन्न गरेको एभरेष्ट स्काइ डाइभिङमा सहभागिता जनाउन पाउनु आफ्ना लागि भाग्य नै भएको माया गुरुङ भन्नुहुन्छ । सो स्काइ डाइभ टोलीमा न्युजिल्याण्डकी विश्व च्याम्पियन स्काइ डाइभिङ गर्ने विदेशी वेन्डे स्मिथ र अमेरिकाका ओमार एफकेको पनि सहभागिता रहको थियो । केही विदेशीको सहयोगमा नेपालीले पहिलोपटक स्काइ डाइभिङ गर्ने अवसरमा पाएका हुन् । २०३६ सालमा सिन्धुपाल्चोकमा जन्मनुभएको तामाङ राष्ट्रिय ह्याण्डबल खेलाडी पनि हुनुहुन्छ । प्रारभ्भदेखि नै खेलकुदमा रूचि राख्ने उहाा डिस्कभरी च्यानल र अन्य विदेशी च्यानलहरूमा स्काइ डाइभका बारेमा हेर्ने गर्नुहुन्थ्यो । तर नेपालबाट नै बीबीसी, सीएनएनलगायतका च्यानलहरूमा स्काइ डाइभिङबारे अन्तर्वार्ता दिन पाउादा उहाालाई निकै गौरव लागेको बताउनुहुन्छ । शारीरिक रूपमा सगरमाथा चढ्न गाह्रो भए पनि स्काइ डाइभिङमा यस्तो समस्या नहुने उहाा भन्नुहुन्छ । उहासागै अर्का समान्य परिवारमा जन्मिएका सोलुखुम्बुका युवा निमा तामाङ नेपालमा स्काइ डाइभिङ गर्ने पहिलो पुरुष निमा तामाङ र माया गुरुङ पहिलो नेपाली स्काइ डाइभिङ गर्ने महिला बन्न पुगेकी छन् । उहााको विचारमा नेपालमा स्काइ डाइभिङ पर्यटन विकासका लागि महत्त्वपूर्ण माध्यम बन्नसक्दछ । यस वर्ष भएको स्काइ डाइभिङमा विश्वका सञ्चारमाध्यमको ध्यानाकर्षण हुनुले नै यस कुराको पुष्टि गरेको पनि माया भन्नुहुन्छ । तर स्काइ डाइभिङ गर्दा लिनुपर्ने अनुमति भने निकै झन्झटिलो भएको उहााको भनाइ छ । पुनः अवसर पाए थप उचाइबाट स्काइ डाइभिङ् गर्ने इच्छा रहेको पनि उहााले बताउनुभयो ।
निमा तामाङ ३० वर्ष अघिदेखि पर्यटकहरूका पथ प्रदर्शकका रूपमा कार्य गर्दै आउनुभएको थियो । उहााको परिवारका अन्य सदस्य पनि पर्यटन पेसासाग नै आबद्ध छन् । अब निमाको केही नौलो पहिचान पनि बनेको छ । उहाा आफूलाई निकै गौरवको अनुभूति पनि गर्नुहुन्छ । बेलायतको च्यानल ५, बीबीसी, अष्ट्रेलियन टेलिभिजन, अलजजिरा, सीएनएनलगायत सञ्चारमाध्यको उपस्थितिमा नेपालका निमा र मायाले सफलतापूर्वक स्काइ डाइभिङ गरेका छन् । २२ हजार फिटबाट निमाले अष्ट्रेलियन प्रशिक्षकको सहयोगमा २२ हजार फिटबाट सफलतापूर्वक स्काइ डाइभिङ गर्न सफल हुनुभएको छ । नेपालमा स्काइ डाइभिङ् गर्न आउने विदेशी टोलीको अनुरोध र सहयोगमा आफूले यस्तो गर्न सफल भएको उहाा भन्नुहुन्छ । टेन्डेम स्काइ डाइभिङ ट्रेकिङ प्वाइन्ट र ल्याण्डिङ प्वाइन्ट सोलुखुम्बुको स्याङ्बोचे एअरपोर्ट रहेको थियो । स्याङ्बोचे एअरपोर्टबाट स्वीट्जरल्याण्डबाट नेपाल ल्याइएको पोर्टर एअरक्राफ्ट निमाको उचाइ जाने माध्यम बनेको थियो । त्यसपछि २९ हजार ५ सय फिट उचाइबाट निमाले स्काइ डाइभिङ गर्नुभयो । वि.सं २०२० सालमा जन्मनुभएका निमा आयोजकको आाट र प्रेरणाबाट आफू सफल हुनसकेको बताउनुहुनछ । यसबाट आफूले धेरै सिक्ने अवसर पाएकोले आगामी दिनमा पनि अवसर पाएमा स्काइ डाइभिङ सिकेर विश्वमा नेपालको नाम चिनाउन चाहने उहाा बताउनुहुन्छ । स्काइ डाइभिङका लागि गृह मन्त्रालय, पर्यटन मन्त्रालय, सञ्चार मन्त्रालय र वन तथा भू संरक्षण मन्त्रालयबाट अनुमति लिन भने भन्झटिलो भएकोमा गुनासो गर्नुभयो । á