Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» निगमका पाइलट पलायन
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगममा कार्यरत् पाइलट फेरि विदेश पलायन हुन थालेका छन्। जहाज खरिद प्रक्रियामा रहेको निगममा कार्यरत् पाइलटहरु विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आकर्षक सेवा सुविधा ´अफर´ गरेपछि निगम छाड्ने तयारीमा छन्।
बोइङ उडाइरहेका वरिष्ठ क्याप्टेनहरु दीपायल शेरचन र राजन मानन्धर भारतको किङफिसर एयरलाइन्समा जाने तयारीमा लागेको स्रोतले बतायो। निगमले केही वर्षदेखि पाइलट पलायनको समस्या खेप्दै आएको छ।
डेढ वर्षयता निगमका ट्वीनअटर र बोइङ उडाइरहेका करिब डेढ दर्जन पाइलटले हाल विभिन्न स्वदेशी र विदेशी कम्पनीका जहाज उडाइरहेका छन्।
भारतीय किङफिसरले निगमका पाइलटलाई आकर्षक अफर गरेको एक पाइलटले बताए। उनका अनुसार किङफिसरले नेपाली पाइलटलाई प्रतिमहिना करबाहेक १० हजार ५ सय अमेरिकी डलर तलब, १ हजार ५ सय डलर घरभाडा र ८० घण्टाभन्दा बढी उडाए प्रतिघण्टा १ सय डलरको आकर्षक अफर गरेको छ।
प्रतिमहिना न्युनतम ९ लाख रुपैयाँको आकर्षक प्रस्ताव आएपछि निगममा पाइलट पलायन क्रमले निरन्तरता पाउने उनको भनाइ छ। ´मलाई पनि किङफिसरले बोलाएको छ तर अहिले जाने योजना छैन,´– आन्तरिक उडान गरिरहेका ती पाइलटले दैनिकी डटकमलाई भने। निगमका पाइलटले हाल न्युनतम मासिक ८० हजारदेखि २ लाख ७५ हजार रुपैयाँसम्म तलबभत्ता पाउँछन्।
भारतीय नागरिक उड्डयन निर्देशकको कार्यालयले सन् २०१० भित्र त्यहाँका वायुसेवा कम्पनीलाई आफ्नै पाइलट तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ। उक्त निर्देशनलाई आधार मानेर पाइलट त्यसतर्फ जाने योजनामा रहेको उनले बताए।
पाइलट विजय लामाले भने आफूलाई अमेरिकाको नर्थवेस्ट एयरलाइन्सले उडानका लागि प्रस्ताव गरिरहेको भए पनि त्यसतर्फ नजाने बताए। ´राम्रो अफर आयो भन्दैमा वर्षौंदेखि रोजगारी दिँदै आएको निगम छाडिहाल्ने मनस्थिति छैन´– उनले भने।

निगममा अभाव
तत्काल ठूला आकारका दुईवटा जहाज ल्याए पाइलट अभाव हुने निगमका प्रवक्तासमेत रहेका कर्पोरेट डाइरेक्टर एमटी लामाले बताए। २८ वर्षदेखि बोइङ उडाइरहेका उनले निगमलाई सुधार गरी माथि उठाउन पाइलटहरुलाई निगम नछाड्न आग्रह गरे।
´निगमले आफ्ना दक्ष र अनुभवी पाइलट रोक्न नसक्नाले अभाव भएको हो,´ नेपाल एयरलाइन पाइलट्स एसोसिएसन (नापा) का उपाध्यक्ष एवं पाइलट बबीविक्रम सिँहले भने– ´कोही निजी नेपाली वायुसेवा र कोही विदेशी कम्पनीका जहाज उडाउन जाँदैछन् भन्ने थाहा पाउँदा पनि निगम व्यवस्थापनले रोक्ने काम गर्दैन।´
हाल निगममा अन्तर्राष्ट्रिय उडानका लागि क्याप्टेन र कोपाइलट गरी ३२ जना छन्। आन्तरिकका लागि ६ क्याप्टेन र ७ कोपाइलट छन्। थप ९ जनाले तालिम लिएर आए पनि उडान अनुमति दिन बाँकी रहेको प्रवक्ता लामाले जानकारी दिए।
केही वर्षयता निगमबाट भारतीय कार्गो एयरलाइन्स ब्लु डार्टका जहाज उडाउन कुन्दन गिरी, विशाल देवान र एमजे श्रेष्ठ गएका छन्। निगमबाट अवकाश पाएका पीआर पाण्डे र आइपी सिटौलाले पनि ब्लु डार्टकै जहाज उडाइरहेका छन्।
एनएन थपलिया, दीपक थपलिया र सुदीप बिष्टले एयर अरेबियाको जहाज उडाइरहेका छन्। फ्लाइ यती डटकम गएका सर्वज्ञशमशेर राणा, भरतसिंह थापा र एसएल मास्के फ्लाइ यती बन्द भएपछि यती एयरलाइन्सको जेटस्ट्रिम–४१ उडाउने तालिमका लागि लन्डन जान लागेका छन्। नगेन्द्र भट्टराई र सुरेन्द्र कुँवर पनि यतीमै छन्। कुँवर गत असोजमा लुक्लामा भएको यतीको जहाज दुर्घटनामा परेर बाँच्न सफल भएका थिए। पाइलट केपी पोखरेल हाल बेलायतको एक वायु सेवा कम्पनीमा कार्यरत् छन्।
 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com