Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» बिक्री प्रस्ताव सहित बोइङ टोली नेपालमा
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई जहाज बिक्री गर्ने प्रस्ताव लिएर अमेरिकाको जहाज उत्पादक कम्पनी बोइङ को एक टोली नेपाल आएको छ।
बुधबार राती काठमाडौं आएको बोइङ टोलीले बिहीबार र शुक्रबार दुई दिनसम्म पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीसहित निगमका वरिष्ठ अधिकारीलाई जहाजका बारेमा विस्तृत जानकारी दिए। ´टोलीले बोइङका सम्पूर्ण जहाजका बारेमा हामीलाई विस्तृत जानकारी दिए´- निगमका प्रवक्ता तथा कर्पोरेट डाइरेक्टर एमटी लामाले शुक्रबार दैनिकी डटकमलाई भने।

टोलीमा बोइङका रिजनल मार्केटिंग डाइरेक्टर सर्वेन्दर रोय र एयरलाइन एनालाइसिस एन्ड कमर्सियल एयरप्लेन्स रिजनल डाइरेक्टर जेसन डेन्डर छन्।

बोइङ टोलीले निगम सञ्चालक समितिका अध्यक्ष बीकेमान सिँह, सदस्यहरु, महाप्रबन्धक सुगतरत्न कंसाकार, नायब महाप्रबन्धक तथा कमर्सियल, कर्पोरेट फाइनान्स र इन्जिनियिरंग विभागका डाइरेक्टरलाई जहाजका बारेमा स्लाइड सोमार्फत् विस्तारमा बताए। बोइङ टोलीको प्रस्तुतीमा सहभागी निगमका एक अधिकारीले बोइङको नयाँ जहाज १ सय ६२ सीट क्षमताको ७८७ डब्ल्यु खरिद गर्न आग्रह गरेको बताए।

´निगमलाई तत्कालका लागि २ सय सीट क्षमताभन्दा माथिका वाइड बडी भन्दा १ सय २० सीट क्षमताका ७३७ ८०० सिरिजका न्यारो बडी खरिद गर्न उपयुक्त हुने सुझाव बोइङ टोलीले दियो´, निगम स्रोतले दैनिकी डटकमलाई भन्यो- ´उनीहरुले लामो दूरीको उडानमा भन्दा क्षेत्रीय उडानमा ध्यान दिन सुझाव दिए।´

टोलीले वाइड बडी लिएर पर्याप्त यात्रुसहित उडान गर्न सकेन भने निगमसंगै बोइंग कम्पनीको प्रतिष्ठामा आँच आउनेतर्फ सचेत गराएको ती अधिकारीले बताए। निगमलाई तत्काल न्यारो बडी नै उपयुक्त हुने र वाइड बडी लिएर फाइदा नहुने भनाइ उनीहरुले राखेको उनले जानकारी दिए।

निगमसँग हाल बोइंग कम्पनीकै २० र २१ वर्ष पुराना १ सय ९० सीट क्षमताका दुईवटा ठूला जहाज छन्। करिब एक महिनाअघि अर्को प्रतिस्पर्धी युरोपेली कम्पनी एयरबसको एक टोली पनि जहाज बिक्री गर्न नेपाल आएको थियो।

यसैबीच शुक्रबार निगमले नायब महाप्रबन्धक गणेश ठाकुरको अध्यक्षतामा सबै विभागका डाइरेक्टर संलग्न गराइ एक समिति गठन गरेको छ। समितिमा कर्पोरेट डाइरेक्टर एमटी लामा, कमर्सियल डाइरेक्टर राजुबहादुर केसी, फाइनान्स डाइरेक्टर गोवर्धन खड्का, इन्जिनियिरंग डाइरेक्टर पूर्णवीरसिँह कंसाकार, क्वालिटी एस्योरेन्स तथा फ्लाइट सेफ्टी डाइरेक्टर दिगंवर राजभण्डारी र अपरेसन डाइरेक्टर आरबी श्रेष्ठ छन्।

समितिले करिब १० दिनभित्र एयरबस र बोइंगमध्ये कुन जहाज उपयुक्त हुन्छ भन्ने बारेमा प्रतिवेदन बनाइ महाप्रबन्धक कंसाकार समक्ष पेस गर्नेछ।
 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com