जापानका ७५ वर्षीय युचिरो मिउरा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा सबभन्दा पाका सगरमाथा आरोहीमा नाम राखेका छन्। मिउराले सन् २००८ मा सगरमाथा चढेका थिए।
दुईपटक मुटुको शल्यक्रिया गरिएका जापानी मिउरा भन्दा दुई दिनअघि ७७ वर्षिय नेपाली आरोही मिनबहादुर शेरचनले आरोहण सफल गरेका थिए। जापानी आरोही मिउराले शेरचनलाई सबभन्दा बढी उमेरको आरोही भएकामा बधाइ पनि दिएका थिए।
नेपाली आरोही शेरचनले सबभन्दा बढी उमेरको आरोही भएको पुष्टि गर्ने कागजात दिन सकेपछि गिनिज बुक अफ द वल्र्ड रेकर्डको उपाधि मिउराले हात पारेको एएफपीले जनाएको छ।
´इमानदार भएर भन्नुपर्दा मैले रेकर्ड कायम गर्न हिमाल चढेको थिइन´ मिउराले भने ´गिनिज बुक अफ द वल्र्ड रेकर्ड पाएकोमा म खुसी छु ।´ मिउरा अहिले ७६ वर्षका भएका छन्।
´रेकर्ड एक यस्तो चिज हो जुन भविष्यमा कसैले तोड्छ´ उनले भने ´म पनि मेरो रकेर्ड कसैले तोडोस भन्न चाहन्छु।´
अनुभवी आरोही मिउरा तिनै व्यक्ति हुन्, जसले सन १९७० मा सगरमाथाको दक्षिणी मोहोडाबाट चढेका थिए यसमा आधारित डकुमेन्ट्रीले ओस्कार पाएको थियो। ´म जतिसुकै उमेरको भएपनि सधै नयाँ चुनौति र नयाँ लक्ष्य प्राप्त गर्न आतुर हुन्छु उनले भने यो मानविय स्वभाव पनि हो।´