Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» पर्यटन वर्षका लागि विमान खरिद गर्न ढिला गर्नु हुन्नः व्यवसायी
ठीक एक वर्षपछि १० लाख पर्यटकलाई नेपाल भित्र्याउने सरकारको महìवाकाङ्क्षी योजना सुरु हुँदैछ । नेपाल पर्यटन वर्ष २०११ मा युरोप, अमेरिकालगायतबाट पर्यटक नेपाल भित्र्याउने योजना कागजी रुपमा सरकारी निकायसँग तयार छ । यद्धपि अभियानलाई सफल पार्न महìवपूर्ण मानिने सुविधासम्पन्न ठूला खालका हवाई जहाज न त सरकार नियन्त्रित संस्था नेपाल वायु सेवा निगमसँग नै छन्, न त नेपालीको स्वामित्वमा रहेका निजी हवाई विमान कम्पनीसँग नै ।

अघिल्लो दशकसम्म नेपाल आउने कुल विदेशी पर्यटकमध्ये ६५ प्रतिशत भन्दा बढीलाई भित्र्याउन योगदान पुर्‍याउने नेपाल वायु निगमसँग जहाज नभएका कारणले हाल यो प्रतिशत मुस्किलले छ/सात प्रतिशतमा सीमित छ । निगमका अनुसार वाषिर्क लाखौँ पर्यटक भित्रिने नेपालमा निगमका वायुयानको यात्रा भरपर्दाे र गुणस्तरीय नहुँदा मुस्किलले १० प्रतिशत यात्रुले मात्र गर्ने गरेका छन् ।

सरकारले नेपाल पर्यटन वर्ष २०११ मनाउन घोषणा गरेपछि युरोप तथा अमेरिकासम्मको पर्यटकलाई आकर्षण गर्न निगमले दुई वटा ठूला जहाज किन्ने योजना अगाडि सारेकेा थियो । जहाज खरिद प्रक्रिया नै त्रुटीपूर्ण रहेको भन्दै संसदको सार्वजनिक लेखा समितिले रद्दको आदेश दिएको छ । यसले एउटा एयरबस र एउटा बोइङ खरिद प्रक्रिया अन्योलमा छ । सन् १९५८ जुलाईमा स्थ्ाापना भएको निगमसँग हाल १९० सिट क्षमता भएका दुई वटा बोइङ र चार वटा टि्वनिटर विमान मात्र रहेका छन् ।

निगम भन्दा दुई वर्ष पछाडि सन् १९६० मा स्थ्ाापना भएको थाई एअरवेजसँग हाल तीन सय सिट क्षमता भएका ४७ वटा बोइङ र २६० सिट क्षमता भएका ४७ वटा एअरबस गरी कुल ९४ वटा वाइड बडी विमान छन् । स्थापना भएकै वर्ष अन्तर्राष्ट्रिय उडान गर्न सफल थाइले सन् १९७१ मा नै अन्तरद्विपीय उडान सेवा सुरु गरेको हो । संसारभरि उडान गर्न सक्ने क्षमता राख्ने विश्वका विभिन्न २३ वटा ठूला विमान कम्पनीको समूह स्टार एयरलाइन्सको सदस्यसमेत रहेको थाई एअरवेजले हाल केही बोइङ र एअरबस थप्ने योजना पनि सार्वजनिक गरिसकेकेा छ । चार वटा बोइङ र २२ वटा टि्वनिटर विमान भएको नेपाल वायुसेवा निगमसँग पछिल्ला वर्षमा भएका चलखेलले हाल दुईटा बोइङ र चार वटा मात्र टि्वनिटर रहेका छन् ।

नेपाल पर्यटन वर्ष आउन एक वर्ष मात्रै बाँकी रहेका बेला नागरिक तथा पर्यटन उड्डयन मन्त्रालयका सचिव नागेन्द्र घिमिरे निगमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जहाज खरिद आवश्यक भएको बताउनुहुन्छ । उता पर्यटन वर्ष २०११ कार्य समितिका राष्ट्रिय संयोजक योगेन्द्र शाक्य निगमलाई जहाज खरिद गर्न नदिने तर निगम घाटामा गयो भन्दै हल्ला गर्ने प्रवृतिले समग्र पर्यटन व्यवसाय नै तहस नहस भएको बताउनुहुन्छ ।

संयोजक शाक्यले भन्नुभयो- आउँदो वर्ष १० लाख पर्यटक भित्र्याउने योजना बनाउने, राष्ट्रिय ध्वजावाहक विमान कम्पनीसँग विमान नै नहुने हो भने हामी कसरी सफल हुनसक्छौं ? विमान खरिद प्रक्रिया पारदर्शी हुुनुपर्छ तर पारदर्शीताका निहुँमा निगमको जहाज किन्ने कामलाई अवरोध कसैले गर्न हुँदैन, संयोजक शाक्यले भन्नुभयो ।

व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादव लेखा समिति निगमले जहाज खरिद गर्नु हुन्न भन्ने पक्षमा नरहेको बताउनुहुन्छ ।

उता नेपाल एसोसिएसन अफ टुर अपरेटर्स -नाटो) का अध्यक्ष वसन्त मिश्रका भनाइमा निगमले पर्यटन वर्ष सफल पार्न मात्र नभई राष्ट्रको इज्जत राख्न पनि विमान खरिद गर्न ढिलाइ भइसकेको छ । विमान खरिद प्रक्रिया पारदर्शी हुुनु पर्छ नै तर विमान खरिदका लागि निकै ढिलाइ भइसकेको छ, अध्यक्ष मिश्रले भन्नुभयो । निगमले पछिल्लो पटक सन् १९९० मा हाल सञ्चालनमा रहेका बोइङ ७५७ र बोइङ ७५७ कोम्बी खरिद गरेको हो ।

हाल नेपालमा निगम बाहेक विदेशी २४ वटा ठूला विमान भएका वायुसेवा सञ्चालनमा रहेका छन् तर पनि निजी क्षेत्रका विमान सेवाले फाइदा हुञ्जेल मात्र काम गर्ने र बजार अनुकूल नहँुदा सेवा नै बन्द गर्ने गरेकाले राष्ट्रिय ध्वजाबाहक निगम सशक्त हुनुपर्ने धारणा पर्यटन व्यवसायीको रहेको छ । यस अघि नेपालमा नौ वर्ष उडान सेवा गरेर जर्मनको लुथ्रान्का विमान, सात वर्ष उडान सेवा गरेर रुसको एरोफ्लोट विमान, पाँच वर्षपछि सिँगापुरको सिँगापुर एअरले आफ्नो सेवा बन्द गरेर नेपाल छोडेका थिए ।

उता नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस -नाटा) का अध्यक्ष रामकाजी कोने निगमलाई विमान खरिद गर्न नदिने कार्यले विमानका हातखुट्टामा नै बाँध्ने काम भएको टिप्पणी गर्नुहुन्छ । निजी स्तरका विमान कम्पनीले फाइदा हुँदा काम गर्छन् तर नेपालको राष्ट्रिय विमान कम्पनीले त नाफा/घाटा त एक हदसम्म हेर्दैन । त्यसैले निगमलाई राम्ररी सञ्चालन गर्ने हो भने विमान खरिद गर्नुको विकल्प नभएको अध्यक्ष कोने बताउनुहुन्छ ।

उता पर्यटन व्यवसायी पवित्रकुमार कार्की पनि निगमले लामो समयसम्म सुविधासम्पन्न वाइड बडी भएका विमान खरिद नगरकोले अन्तर्राष्ट्रिय रुपमा शाख गिर्दै गइरहेकोले नेपाललाई पर्यटकको गन्तव्य बनाउन विमान खरिदको विकल्प नभएको धारणा राख्नुहुन्छ ।

जहाज खरिद प्रक्रिया पारदर्शी हुनु पर्ने कुरामा कसैको विमति नभएको भन्दै पर्यटन व्यवसायी कार्कीले भन्नुभयो- निगम व्यापार गरेर नै बाँच्ने संस्था भएकाले नियम कानुन प्रक्रिया पुर्‍याएर जहाज खरिद गर्ने काममा ढिलाइ गर्नुहुँदैन ।
 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com