Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» नेवानि बन्द गराउने षड्यन्त्र
संसद्को सार्वजनिक लेखासमितिले बिना ठोस कारण नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको नयाँ विमान खरिद प्रक्रियालाई स्थगित गर्न सरकारलाई निर्देशन दिएपछि नेपाल वायुसेवा निगम उठ्नै नसक्ने गरी डुब्ने अवस्थामा पुगेको छ।
१० अर्बको लगानीमा निगमले युरोपिली जहाज कम्पनी एयरबसबाट दुईवटा एयरबस खरिद गर्ने प्रक्रिया स्थगित भएपछि नेपाल वायुसेवा निगम आगामी केही वर्षमा डुम्ब्ने अवस्था आउने विज्ञहरुले बताएका छन्। जहाज खरिद प्रक्रिया अगाडि बढाएको भए आगामी सेप्टेम्बरसम्ममा नयाँ जहाज आएर निगमको आर्थिक अवस्थामा टेवा पुग्न सक्थ्यो। तर, समितिले निगमको निर्णय खारेज गरेपछि जहाज खरिद प्रक्रियासमेत अनिश्चित बनेको छ। हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २५ वर्ष पुराना दुईवटा बोइङ मात्रै छन्। पुराना भइसकेका दुई विमानले गर्दा निगमको उडान पटक–पटक प्रभावित हुँदा निगमको छविमा समेत आँच पुगिरहेको छ। निगमलाई उकास्ने उद्देश्यले कार्यकारी अध्यक्ष भएलगत्तै सुगतरत्न कंसाकारले जहाज खरिद प्रक्रिया अगाडि बढाएकोप्रति कर्मचारीहरुले समेत स्वागत गरेका थिए। निगमलाई डुवाउने उद्देश्यले समितिले निर्णय गरेपछि विमान खरिद प्रक्रियासमेत
अन्यौलमा परेको छ। यसले गर्दा ११ महिना गृहकार्य गरी पठाएको बैनासमेत अनिश्चित भएको छ। लेखासमितिले तडकभडकका साथ सोमबार गरेको निर्णयले निगमलाई क्षतिबाहेक अरु केही नहुने निगम सं्रोतको भनाइ छ। ठूलो घोटला भएको वा हुन लागेको अथवा कमिशनको खेल हुन लागेको कारण विमान खरिद प्रक्रिया अवरुद्ध गरिएको हो भने त्यसको समितिले सार्वजनिक गर्नुपर्ने थियो। तर हचुवाको भरमा निर्णय भएको यसबाट नै पुष्टि हुन्छ। मुलुकको प्रतिष्ठाको विषय बनेको राष्ट्रिय ध्वजाबाहक निगमलाई लेखासमितिको निर्णयले थप पछाडि धकेलेको छ। पर्यटन वर्ष २०११ नजिकिँरहेको अवस्थामा राष्ट्रिय ध्वाजाबाहक वायुसेवा निगमलाई बलियो बनाउनुको साटो समितिको निर्णयले थप कमजोर बनाएको बुझिएको छ। समितिको निर्णयलाई पर्यटन व्यवसायी, निगमका कर्मचारीहरुसमेतले विरोध गर्दै अविलम्ब सो प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। निगमले अब नयाँ विमान खरिद प्रक्रिया अगाडि बढाए पनि समय लाग्ने हुँदा पर्यटन वर्षसमेत प्रभावित हुने अवस्था छ। एक–दुई वर्षमा विमान खरिद नगरे निगमको राजश्व ६ अर्बबाट एक अर्ब ५० लाखमा झर्ने अवस्था रहेकाले त्यसबेला निगममा ताल्चा लगाउनुबाहेक अरु कुनै विकल्प नरहेको जानकारहरु बताउँछन्।
 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com