Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» पर्यटकमाथि गरिने दर्ुर्व्यवहार अन्त्य ग
अन्तर्रर्ााट्रय विमानस्थलममा हकरद्वारा पर्यटकलाई गरिने दर्ुर्व्यवहार एवं जबर्जस्ती ठगीको वातावरण अन्त्य गर्न ट्राभल व्यवसायीले सरकारसँग्ा आग्रह गरेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट -नाट्टा) को आगामी शुक्रबार हुने ४३औं वाषिर्क साधारण सभाको जानकारी गराउन बुधबार राजधानीमा आयोजित कार्यक्रममा व्यवसायीले त्यस्तो माग गरेका हुन् ।
विमानस्थलबाट पर्यटकलाई हुने दर्ुर्व्यवहारले मुलुकको पर्यटकीय छविमा नै असर पार्ने काम गरेको भन्दै उनीहरूले यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायलाई दबाब दिन अन्य संघ/संस्थाहरूसँग सहकार्य गरी संयुक्त प्रयत्न गर्ने पनि बताए ।
व्यवसायीले सरकारलाई मुलुकका सबै विश्वसम्पदा सूचीमा रहेका महत्त्वपर्ूण्ा क्षेत्रमा प्रवेशका लागि निश्चित मापदण्डअनुरूप काम गर्दै जानुपर्नेमा जोड दिएका छन् । ट्राभल व्यवसायी नवराज दाहाल र शंकर खड्काले विमानस्थलमा भइरहेका अनावश्यक झन्झटबाट पर्यटक मुक्त हुनुपर्ने बताए ।
यसैबीच, व्यवसायीबीच आपसी सहमतिको वातावरण बन्न नसकेपछि नाट्टामा निर्वाचन हुने भएको छ । यसअघि र्सवसम्मत रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकोमा अहिले व्यवसायीबीच एकता नभएकाले निर्वाचनको तयारीमा जुटेको नाट्टाले जनाएको छ ।
अध्यक्षमा प्रथम उपाध्यक्ष अर्जुन शर्मा, पर्ूवप्रथम उपाध्यक्ष र्सर्ूयप्रकाश श्रेष्ठ र महासचिव डीबी लिम्बू उठ्ने भएका छन् । उनीहरूले आ-आफ्नै कार्यशैलीलाई लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।



 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com