Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» मसाज व्यवसायलाई मर्यादित बनाउन माग
मसाज व्यवसायलाई मर्यादित बनाउन व्यवसायी एवं सरोकारवालाले माग गरेका छन् ।
विशेष गरी पर्यटकलाई सेवा दिने उद्देश्यका साथ विगत २० वर्षेखि सञ्चालित मसाज व्यवसाय अझै अमर्यादित रहेकाले यसलाई कानुनी दायरामा ल्याएर सरकारले नै थप व्यवस्थित गराउनुपर्ने उनीहरूको भनाइ छ ।
नेपाल मसाज व्यवसायी संघद्वारा सोमबार राजधानीमा आयोजित व्यावसायिक सुदृढीकरण विषयक कार्यक्रममा उनीहरूले त्यस्तो कुरामा जोड दिएका हुन् ।
संघका अध्यक्ष कर्ण्र्ााादुर स्याङताङले २०६३ सालमा पर्यटन मन्त्रालयले घरेलु तथा साना उद्योग विभाग र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएर व्यवसाय सञ्चालन गर्न पाउने निर्देशन दिए पनि अझै राज्यले यस व्यवसायलाई कानुनी दायरामा नल्याएकाले व्यवसायी मर्कामा परेको बताए ।
हाल ठमेलमा मात्र करिब एक सय ७० भन्दा बढी मसाज व्यवसाय सञ्चालित रहेको जानकारी गराउँदै उनले जबसम्म सरकारले व्यवसायीलाई कानुनी दायरामा ल्याउन सक्दैन, तबसम्म केही व्यवसायीहरूबाट अमर्यादित क्रियाकलाप भइरहने बताए ।
महानगरीय प्रहरी प्रभाग सोहखुट्टेका प्रहरी निरीक्षक रुगमबहादुर कुँवरले मसाज व्यवसायीले अहिलेसम्म प्रहरी एवं स्थानीय समुदायका प्रतिनिधिसँग भएका १५ बुँदे आचारसंहिता लागू नगरेकाले पनि व्यवसाय अमर्यादित बन्दै गएको बताए ।
सामुदायीक सेवा समाज ठमेलका सचिव आमलोचन सापकोटाले मसाजका नाममा यौन व्यवसाय गर्नेलाई प्रसय दिने र बिसुद्ध आयर्ुर्वेदिक मसाज गर्दै आएका व्यवसायीलाई पनि राज्यले कानुनी दायरामा नल्याएकाले व्यवसायी थप मर्कामा परेको बताए ।
कार्यक्रममा चेन्ज नेपालका अध्यक्ष प्रमेश प्रधान र सुन्दर नेपालका अध्यक्ष राजेन्द्र रम्तेलले मसाज व्यवसायलाई सम्मानजनक व्यवसायको रुपमा अगाडी बढाउँदै जानकालागि आफुहरूले विविध सहयोग गर्दै आएको बताए ।

 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com