जग्गा अध्रि्रहण गरेको ३४ वर्षछि पर्यटकीय नगरी पोखरामा निर्णय थालिएको एक महिनामै अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलको काममा फेरि विवाद भएको छ।
विमानस्थलको दक्षिणमा पर्ने पोखरा उपमहानगरपालिका वडा नं. १४, १५ र १८ का बासिन्दाले विमानस्थल निर्णयलेपछि आफूहरू अत्यावश्यक सेवाहरूबाट वञ्चित हुनुपरेको बताएका थिए। विमानस्थलवरिपरिको जग्गामा घर बनाउन पनि स्थानीय निकायले नदिएपछि उनीहरूले त्यसको उचित मुआब्जाको मागसमेत गरेर काममा अवरोध पुर्याएका हुन्।
विमानस्थल जनसरोकार समितिको अगुवाइमा स्थानीय बासिन्दाले विमानस्थल निर्माण क्षेत्रमा प्रवेश गरी विमानस्थलको जग्गा सम्याउने तथा तारजाली लगाउने काम विगत चार दिनदेखि रोकिदिएको बुधबार पत्रकार सम्मेलन गरी समितिले जानकारी दिएको छ। विमानस्थल क्षेत्रवरिपरिका बासिन्दाले उपभोग गर्दै आएको खानेपानी, टेलिफोन, विद्युत्, सिंचाइ, बाटोसमेत रोकिएकोले त्यसको वैकल्पिक व्यवस्था हुनुपर्ने माग उनीहरूले गरेका छन्।
विमानस्थल निर्माणका लागि गठित उच्चस्तरीय समितिका संयोजक राजकाजी गुरुङलाई पुस १ गते १३ सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाउँदा माग पूरा नभएपछि काम रोक्नुपरेको सरोकार समितिका सचिब बोधराज कार्कीले जानकारी दिनुभयो।
नगरपालिका र पोखरा उपत्यका नगरविकास समितिले विमानस्थलवरिपरिको जग्गामा नयाँ मापदण्ड लगाएर घर बनाउन स्वीकृति नदिएकाले त्यो नियम फुकुवा हुनुपर्ने वा जग्गाको उचित मुआब्जा पाउनुपर्ने माग स्थानीय बासिन्दाको छ। स्थानीय निकायले विमानस्थलको दक्षिणतर्फ२१ मिटरसम्म कुनै भौतिक संरचना निर्माण नगर्न स्थानीयवासीलाई निर्देशन दिएको छ।
उच्चस्तरीय समितिका संयोजक गुरुङले स्थानीयवासीको मागको बारेमा छलफल भइरहेको बताउनुभयो। स्थानीय बासिन्दले माग पूरा नभएसम्म काम गर्न नदिने समितिका अध्यक्ष बलराम कुँवरले बताउनुभयो। उनीहरूले विमानस्थलको जग्गामा तारजाली लगाउँदा जनताको जग्गा मिचेर जाली लगाएको आरोपसमेत लगाएका छन्।
२०३२ सालमा पोखराको छिनेडाँडामा अध्रिग्रहण गरिएको जग्गामा पर्यटन तथा नागरिक उडड्ययनमन्त्री शरतसिंह भण्डारीले आफैं डोजर चलाएर गत मंसिर २२ गते ग्रेडिङ -जग्गा सम्याउने) कार्यको थालनी गरेका थिए।
अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण गर्न सरकारले २०३२ सालमा ३१ सय ६ रोपनी जग्गा अध्रि्रहण गरेकोमा २०६४ सालमा जग्गाको मुअब्जाको विवाद टुंगिएको थियो। सरकारले जग्गा सम्याउन ५ करोड रकम विनियोजन गरेको छ। जग्गा सम्याउने कार्य पनि अन्तिम चरणमा पुगेको छ।
विमानस्थलको उडान र अवतरण गर्ने दिशामा झन्डै ३ सयदेखि ४ सय मिटर क्षेत्रफल र धावनमार्गको दायाँ-बायाँ पनि ५० मिटर क्षेत्रफलभित्र पूर्वाधार निर्माण गर्न नहुने इन्जिनियर ओम शर्माले जानकारी दिनुभयो।