Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» पर्यटन वर्षको बजेटबाट सगरमाथा आरोही सम्मेलन
चालू आर्थिक वर्षा नेपाल पर्यटन वर्षा लागि नेपाल सरकारले विनियोजन गरेको २ करोड रुपियाँबाट सगरमाथा आरोहीहरूको सम्मेलन गरिने भएको छ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिहं भण्डारीको अध्यक्षतामा बसेको नेपाल पर्यटन वर्षमूल समितिको तेस्रो बैठकले सो निर्णयगरेको हो।

सोही बजेटबाट नेपाल पर्यटन वर्षो औपचारिक शुभारम्भ, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन तथा आन्तरिक पर्यटन प्रवर्द्धनको कार्यक्रम पनि गरिने निर्णयबैठकले गरेको छ। त्यस्तै नेपाल पर्यटन वर्ष२०११ सँग सम्बन्धित प्रचार सामग्रीहरूको उत्पादन, नेपाल पर्यटन वर्षो विद्युतीय सञ्चार माध्यमहरूमा विज्ञापन र क्षेत्रीयस्तरमा कार्यक्रमहरूमा गरिने पनि बैठकले तय गरेको छ।

पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शत्रुघनप्रसाद सिंह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा, नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल प्रहरीका महानिरीक्षक, सरकारी उच्चपदस्थ अधिकृतहरू, निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको सो बैठकमा मूल समितिका सदस्य-सचिव प्रचण्डमान श्रेष्ठले कार्यहरूको मूल्यांकन गर्नुभएको थियो।

नेपाल पर्यटन वर्ष२०११ कार्यक्रम कार्यान्वयन समितिका उपाध्यक्ष एवम् राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले फागुन १४ गतेका दिन गरिने पर्यटन वर्षो शुभारम्भ र अभियानको सुदृढ तथा कमजोर पक्षका बारेमा चर्चा गर्नुभएको थियो।

बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भण्डारीले पर्यटन वर्षाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण, नेपाल वायुसेवा निगमको उचित व्यवस्थापन, हालै सम्पन्न नेपाल-भारतबीचको हवाई सम्झौताले नेपाललाई प्रदान भएको हवाई सिट क्षमताको वृद्धिबाट लाभ लिई पर्यटन वर्षो लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो
 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com