Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» धौलागिरिको स्वर्ण वर्ष
अन्तर्राष्ट्रिय मान्यता अनुसार नेपालमा आठ हजार मिटरभन्दा अग्ला नौ वटा हिमाल रहेका छन् । यी हिमालमध्ये अधिकांशले आफ्नो आरोहणको स्वर्णमहोत्सव मनाएका छन् । अब पालो आएको छ, धौलागिरि हिमालको । धौलागिरि हिमाल सन् २०१० मा आरोहणको ५० वर्षमा प्रवेश गरेको छ । सगरमाथाको आरोहण गर्ने अधिकांशले धौलागिरि हिमालसमेत अरोहण गर्ने भएकाले यस हिमालले एउटा छुट्टै महìव राख्दै आएको छ । आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु, कञ्चनजङ्घा, चोयू, मनास्लु, लोत्सेले आफ्नो आरोहणको स्वर्ण वर्ष पूरा गरिसकेका छन् ।

धौलागिरि हिमाल भने आफ्नो स्वर्णमहोत्सव मनाउने सबैभन्दा पछिल्लो हिमाल हुनेछ । नेपाल सरकारले सन् २०११ लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा नेपाल पर्वतारोहण सङ्घले पनि तामझामका साथ धौलागिरि हिमाल महोत्सव मनाउन जरुरी छ । पर्वतारोण सङ्घको

आपसी विवादले यसअघि अन्नपूर्ण हिमालको स्वर्णमहोत्सव छुटेको थियो तर यस पटक धौलागिरि हिमालको स्वर्णमहोत्सव छुट्न हुँदैन ।

सगरमाथासँगै हिमाल आरोहणका लागि नेपाल आउने विदेशी आरोहीको सगरमाथा पछिको प्रमुख रोजाईमा धौलागिरि हिमाल पनि पर्दछ । यस हिमालको प्रथमपटक सन् १९६०, मे १३ मा छ जना आरोहीले एकै पटक आरोहण गरेका थिए । जसमा, दुई जना स्विट्जरल्यान्डका आरोही, दुई जना नेपालका आरोही, एक जना अस्टि्रयाका आरोही र एक जना जर्मनी आरोही थिए । ती साहसी आरोही स्विट्जरल्यान्डका अरनेस्ट फोरेर, अल्विन स्कलेवर्ट, अस्टि्रयाका कुर्ट डाएमवरगर, जर्मनी पिटर डायनर गरेका थिए । सोही वर्ष नेपालका नेवाङ्दोर्जे शेर्पा र निमादोर्जे शेर्पाले पनि धौलागिरि हिमालको आरोहण गरेका थिए । सन् २००८ सम्म प्राप्त तथ्याङ्कको आधारमा धौलागिरि हिमाल स्वदेशी तथा विदेशी गरी ३०८ पर्वतारोहीले आरोहण गरिसकेका छन् । यसैक्रममा सन् २००२ पछि धौलागिरि हिमाल आरोहण गर्ने नेपालीमा भने पेम्बारिङ्जी शेर्पा सन् २००३, कामी शेर्पा २००३, दावा शेर्पा २००५, सेराव जाङ्वु शेर्पा २००५, पेमाछिरीङ् शेर्पा २००५, फुदोर्जे शेर्पा २००७, मुक्तुलाक्पा शेर्पा २००८ रहेका छन् ।

आठ हजार ८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथाको स्वर्णमहोत्सव सन् २००३ मा मनाइएको थियो । सगरमाथाको पहिलो आरोहण सन् १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ्नोर्गे शेर्पाले गरेका थिए । सन् १९५३ देखि सन् २००८ सम्म सबैभन्दा बढी स्वदेशी र विदेशी आरोहीले सगरमाथाको आरोहण गरेका छन् । सन् २००८ सम्म दुई हजार ३२५ जनाले सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेका छन् । यसैगरी आरोहणको स्वर्ण वर्ष पूरा गरिसकेको नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा २२४ आरोहीले, मकालु २८९ जनाले, चोयु ११ जनाले, मनास्लु ३५९ जनाले, अन्नपूर्ण १५९ जनाले आरोहण गरेको तथ्याङ्क पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छ ।

सन् २००५ मा स्वर्णमहोत्सव मनाइएको कञ्चनजङ्घा हिमालको सर्वप्रथम सन् १९५५ मा बेलायतका तीन नागरिकसहित एक जना न्युजिल्यान्डका आरोहीले आरोहण गरेको थिए । कञ्चनजङ्घा हिमालको आरोहण गर्ने पहिलो नेपाली भने आङ्फुर्वा शेर्पा हुन् । उनले सन् १९८० मा सो हिमाल आरोहण गरेका थिए । यसै वर्ष स्वर्ण वर्ष मनाइएको मकालुको भने १९५५ मा १३ जना आरोहीले आरोहण गरेका थिए । जसमा प|mान्सका १० जना, भारतका एक जना र जापानका दुई जना थिए । यो हिमालको नेपाली आरोहीले भने सन् १९७८ मा आरोहण गर्न सफल भएका थिए । आरोही थिए-आङ्चेपाल शेर्पा चोयु हिमालको पहिलो आरोहण सन् १९५४ मा भएको थियो । सन् २००६ मा स्वर्णमहोत्सव मनाइएको मनास्लु हिमालको सन् १९५६ मा आरोहण सुरु भयो भने नेपाली आरोहीले सन् १९७३ मा । युकेनछिरिङ शेर्पाले आरोहण गरेका थिए ।

यसरी, अन्य हिमाल आरोहणको स्वर्णमहोत्सव पूरा भइसकेको सन्दर्भमा नेपालको आठ हजार मिटरभन्दा अग्लो धौलागिरि हिमालको अन्तिम स्वर्णमहोत्सव भव्य रुपले मनाउन जरुरी छ किनभने नेपाल सरकारले नेपाल पर्यटन वर्ष सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई पूरा गर्नको लागि पनि धौलागिरि महोत्सव एउटा गतिलो खुड्किला बन्न सक्दछ । हिमाल आरोहणमा एउटा छुट्टै ईतिहास बोकेको धौलागिरि हिमालको तामझामका साथ महोत्सव मनाउने सोचाइ रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ् शेर्पाको बताउनुहुन्छ । पर्वतारोहण सङ्घले सन् २०१० मा नै तेस्रो अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी गरिराखेको हुनाले पनि यस वर्ष धेरै आरोही नेपाल आउने छन् । यस अवसरमा धौलागिरि महोत्सवलाई विशेष प्राथमिकता दिइने अध्यक्ष शेर्पाको भनाइ छ । । अन्तर्राष्ट्रिय सगरमाथा दिवस र धौलागिरि महोत्सवसँग यसै वर्ष राखिएकाले यस अवसरमा आउने पर्यटकलाई नेपाल पर्यटन भ्रमण वर्ष सन् २०११ सम्म टिकाउन सकिएमा पर्यटन वर्ष २०११ को लागि ठूलो सफलता मिल्न सक्थ्यो ।
 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com