Tourism News Nepal
Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
 
Space available for advertisement.
 
 
 » News In Details
» हवाई पर्यटकको आगमन वृद्धि
नेपालमा हवाई मार्गबाट आउने पर्यटकको सङ्ख्यामा यस वर्ष सन् २०१० को जनवरीमा गतवर्षको जनवरीको तुलनामा १ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ।
यस वर्षको जनवरीमा २६ हजार ७१ जना पर्यटक नेपाल भित्रीसकेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन विभागले जनाएको छ।
सन् २००९ को जनवरीमा २१ हजार ९४४ पर्यटक नेपाल आएका थिए। यसैगरी दक्षिण एसियाली मुलुकहरु भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्काबाट पनि यस अवधिमा क्रमशः ९.९ प्रतिशत, ४३ प्रतिशत, ३६ प्रतिशत र ९.९ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको तथ्याङ्क रहेको छ।
मलेशियाबाट ५६ प्रतिशत, ताइवानबाट साढे ५ प्रतिशत पर्यटक बढे पनि मित्रराष्ट्र चीनबाट १८ प्रतिशत, सिङ्गापुरबाट ३ प्रतिशत र थाइल्याण्डबाट २५ प्रतिशतले पर्यटक आगमन घटेको छ। युरोपेली मुलुकहरुबाट भने समग्रमा ३४ दशमलव ९ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको उल्लेख गरिएको छ।
नेपाल पर्यटन वर्ष २०११ मनाउन नेपाल सरकार र पर्यटन व्यवसायीले सहकार्यका साथ अघिबढी रहेको अवस्थामा सन् २०१० कै पहिलो महिनामा पर्यटक आगमनमा आशातित् वृद्धिले सरोकारवाला पक्षहरु उत्साहित देखिएका छन्।
नेपालमा शान्ति प्रक्रियाको सुरुवात भएको सन्देश विश्व पर्यटन बजारमा प्रचारप्रसार भइरहेको अवस्थामा बन्द, हडताल र चक्काजाम जस्ता कार्यक्रमहरु पूर्णरुपमा बन्द भएमा देशभित्र दस लाख पर्यटक भित्र्याउने नेपाल पर्यटन वर्ष २०११ को मुख्य उद्देश्य पूरा हुने पर्यटन व्यवसायीहरुको अपेक्षा रहेको छ।
 » Other Headlines
» अग्नि एयर झण्डै दुर्घटनामा
» अग्नि एयरको डोरनियर जहाज मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ। एजी ४०२ नम्बरको जहाज पोखराबाट काठमाडौंका लागि उडेलगत्तै जहाजमा प्राविधिक खराबी देखिएपछि आपत्कालीन अवतरण भएपछि दुर्घटनाबाट जोगिएको हो। जहाजमा रहेका यात्रु तथा चालकदलका सदस्य सबै सकुशल रहेका छन्। जहाजमा समस्या देखिएपछि चालकदलको नेतृत्व गरेका एनपी प्रधानले जहाजलाई पोखरा विमानस्थल फर्काउने निर्णयगरेका थिए। मंगलबार मध्यान्ह १२ बजेर २३ मिनेटमा उडेको जहाज साढे १२ बजे आपत्कालीन अवतरण गरिएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो। उडेको सात मिनेटपछि जहाजलाई आपत्कालीन अवतरण गरिएको थियो। पोखरा विमानस्थलमा जहाज अवतरण भएपछि करिब आधा घण्टा पोखरा विमानस्थल ठप्प भएको थियो। आधा घण्टा विमानस्थल अवरुद्ध भए पनि मंगलबारको उडानमा कुनै असर नपरेको पोखरा विमानस्थलले जनाएको छ। वैकल्पिक उपायबाट आपत्कालीन अवतरण गरिएको जहाजलाई धावनमार्गबाट डोरीले तानेर पार्किङस्थलसम्म लगिएको थियो। तीन जना चालकदलका सदस्यसहित २० जना यात्रु जहाजमा रहेका थिए। यात्रुमध्ये ३ जना विदेशी र एक जना बालक थिए। ‘जहाज उडेको केही बेरमा हाइड्रोलिक सिस्टममा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको हो’, थापाले भन्नुभयो- ‘हाइड्रोलिक सिस्टम जहाजको ब्रेक तथा अवतरण गियरसँग सम्बन्धित हुन्छ। उहाँले जहाजको इन्जिनियरको एक टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि मर्मत गरिने जानकारी दिनुभयो। थापाका अनुसार उक्त जहाजले यसअघि मंगलबार नै पोखरा-जोमसोम चार उडान गरेको थियो।
» पदयात्रा पर्यटक घटे
» धरानबाट पर्यटक उद्धार
» दुइ कोरियाली आरोही बेपत्ता
» नयाँ वर्ष २०६७ को शुभारम्भ
» Airlines told to merge
» NTY-2011 officially launched in Pokhara
» चितवनमा पनि प्यराग्लाइडिङ
» पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विरोध
» एक नेपालीसहित छ विदेशीले बीपी हिमाल चढे
» पश्चिममा पर्यटन वर्षशुभारम्भको तयारी
» पर्यटन प्रमण्डलद्वारा प्रमलाई ज्ञापनपत्र
» होटल मजदुर र व्यवसायीबीच वार्ता
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com